SATURDAY UPDATE - ह्यारी कि प्यारी लाई दर्शकको उत्साहजनक साथ

शुक्रवारदेखि रिलिज भएको फिल्म ‘ह्यारीकी प्यारी’ले दर्शकको राम्रो साथ पाइरहेको छ । शनिवार सार्वजनिक बिदाको दिनमा केही स्थानमा फिल्म हेर्ने दर्शकको निकै चाप देखिएको थियो। यो फिल्मले प्रिमियरपछि राम्रो चर्चा र तारिफ पाएपछि दर्शकले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र कलाकार जितु नेपालको अनस्क्रिन रोमान्सलाई रुचाएका छन् । फिल्मले दोस्रो दिन बक्सअफिसमा राम्रो गति लिएको छ । साम्राज्ञी र जितु मुख्य भूमिका रहेको फिल्मले भोलिबाट व्यापारमा लय समात्ने सक्ने संकेत गरेको छ । आज मल्टिप्लेक्सका केही सोजमा ९० प्रतिशत अकुपेन्सी रहेको थियो । फिल्मले ‘वर्ड अफ माउथ’ प्राप्त गर्न सफल भएसँगै लामो समयदेखि सुस्ताएको नेपाली फिल्मको बजारलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । फिल्म रिलिज भएयता कलाकारसहित निर्देशक कपिल रिजाल हल हलमा पुगेर फिल्म हेरिरहेका दर्शकसँग प्रतिक्रिया लिई रहेका छन् । शनिवार मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सको उपत्यकासहित मुख्य सहरका हलमा दर्शकको उत्साहजनक उपस्थिति देखिएको छ। यस्तै, बिग मुभिज, आइएनआइ, वान सिनेमाज्, एफक्यूब, बीएसआर, रञ्जना सिनेप्लेक्सलगायतका हलमा पनि दर्शकीय उपस्थि...